२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन आज

८ माघ, काठमाडाैँ । स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्दैछन् । मञ्चको ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार साँझ पौने ७ बजे सुरु हुने सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कुटनीतिक क्षेत्रका तीन हजार भन्दा धेरै सहभागी मञ्चको बैठकको सोमबार डाभोसमा उद्घाटन भएको थियो ।  बैठकमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो।

प्रधामन्त्री ओलीले दुईवटा औपचारिक सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत बुधबार ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

सोमबार डाभोस पुगेकाे प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दिपक धितालले स्वागत गरेका थिए। १९ सदस्यीय प्रतिनिधिमण्डल माघ १२ गते स्वदेश फर्किनेछ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार ०८:५४