२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडाैँको टोखामा कारले मोटरसाइकलाई ठक्कर दिँदा स्याङ्जाका सफल माझीको मृत्यु

७ माघ, काठमाडाैँ । काठमाडाैँको टोखामा कारले मोटरसाइकलाई ठक्कर दिँदा सफल माझीको मृत्यु भएको छ ।  प्रहरीका अनुसार कारको ठक्करबाट स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझीको मृत्यु भएको हो । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । घाइते प्रकाश बस्यालको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।

बा ८ च ८७६२ नम्बरको कार र बा ६६ प ५४२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी बसेका १८ वर्षका सफल माझीको ज्यान गएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 09:35