बालकहरूलाई हस्तमैथुन गर्न लगाउने बेलायती नागरिकसहित दुई नेपाली काठमाडाैँबाट पक्राउ
६ माघ, काठमाडाैँ । बालकहरूलाई हस्तमैथुन गराएर बाल यौन दुराचार गरेको अभियोगमा बेलायती नागरिक ५० बर्षीय इयान रोबर्ट कोललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट खटिएका प्रहरी टोलीले शनिवार कालिमाटीको रविभवनस्थित एक अपार्टमेन्टको चौथो तलाबाट रोवर्टलाई पक्राउ गरेको हो ।
बेलायती नागरिक रोवर्ट बिगत केही महिनादेखि उक्त अपार्टमेन्ट भाडा लिइ बस्दै आएका थिए । उनको कोठाबाट तीन पीडित बालक उद्धार गरिएको छ । उनलाई बालक उपलब्ध गराई दिने कार्यमा संलग्न भएको अभियोगमा थप दुई नेपाली नागरिक पनि पक्राउ परेको छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट खटिएका प्रहरी टोलीले शनिवार कालिमाटीको रविभवनस्थित एक अपार्टमेन्टको चौथो तलाबाट रोवर्टलाई पक्राउ गरेको हो । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ । पक्राउ परेका उनीहरुमाथि बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्धा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 01:09









