डा. केसी आफ्नै चाहानामा साधारण वार्डमा सरे
६ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीकाे चाहानामानै उनलार्इ साधारण वाडमा सारिएकाे छ । आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर आइतबार त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाट साधारण वार्डमा कसी सर्न चाहेकाले उनलार्इ जनरल वाडमा सािरएकाे हाे ।

उनकै चाहनाअनुसार आइतबार दिउँसो ३ बजेपछि केसीलाई जनरल वार्डमा सारिएको छ । केसीले आईसीयू बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर आफूलाई त्यहाँबाट न्यत्र सार्न माग गरेका उनका सहयोगीले बताएका छन् ।
प्रकाशित मिति : 16:38









