२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेकपा अध्यक्ष प्रचण्ड पत्नी अस्वस्थ भएपछि सुमेरु अस्पतालमा भर्ना

६ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् ।

केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।

सीताको उपचारमा सुमेरूका चिकित्सक डा. युवराज शर्मालगायतको टोलीले काम गरिहरको छ । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् ।

प्रकाशित मिति : 10:58