१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कुमारी बैंकको नाफा ४५८२२ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी कति ?

२२ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले ४६ लाख ८ हजार मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकले यो अवधिमा ११ अर्ब ५५ करोड खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा बैंकले २ अर्ब ९ करोड खुद शुल्क तथा कमिशन आम्दानी गरेको थियो । यो अवधिसम्ममा बैंकको खुद सञ्चालन आम्दानी ११ अर्ब ३३ करोड र सञ्चालन मुनाफा ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

ग्राहकहरुबाट बैंकले ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.१९ र मूल्य आम्दानी अनुपात २७.२३ गुणा रहेको छ ।

प्रकाशित मिति : August 7, 2025 at 9:22 am