राजपाको संयोजकमा महेन्द्र राय यादव, जिम्मेवारी हस्तान्तरणमा राजेन्द्र महतोले देखाए इमान्दारिता
५ माघ, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजक अाइतबार महेन्द्र राय यादव हुने भएका छन । राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजकको जिम्मेवारीमा रहेका थिए। उनले भोलि देखि महेन्द्र राय यादवलाइ संयोजकको जिम्मेवारी सुम्मिने बताएका छन ।
महतोको संयोजक पदको दुई महिने कार्यकाल अाज समाप्त भएको छ । गत मंसिर ४ गते बसेको राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठकबाट राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि ठाकुरले संयोजक छाड्न मानेका थिएनन् तर महोतोले सहज रूपमै इमान्दारिता पूर्वक जिम्मेवारी र पद हस्तान्तरण गरेका छन ।
प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १९:४९