१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

कांग्रेस नेतालाई स्वागत गर्दै ओलीले भने ‘देश तीव्र आर्थिक विकासको बाटोमा’ (भिडियोसहित)

५ माघ, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल तीव्र आर्थिक विकासको बाटोमा अघि बढेको बताएका छन । शनिबार अपरान्ह नेपाली कांग्रेस चितवनका संस्थापक समेत रहेका पूर्व सभापति एवं सांसद तीर्थराज भुषाललाइ नेकपामा स्वागत गर्दै नेपाल सबैभन्दा तीव्र रुपमा आर्थिक विकासमा अगाडि बढेको देश होभन्दा अचम्म नमान्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालीको प्रतिव्यक्ति आयलाई हेर्न अनुरोध गर्दै तथ्यगत कुरा गर्दा आफूलाई तथ्यांकमा खेल्ने गरेको आरोप लाग्ने गरेको पनि बताए । प्रधानमन्त्री ओलीले देश आर्थिक विकासको बाटोमा अगाडि बढीसकेको दावी गरे। उनले राजनीतिको लामो यात्रा पूरा गरेको भन्दै अबको यात्रा विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : January 19, 2019 at 6:42 pm