१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

सुप केन्द्रीय क्याम्पसका प्रिन्सिपल बिष्टको राैद्ररूप, प्राध्यापकलाई तथानाम गाली गर्दै कुर्सी भाँचे

५ माघ, कञ्चनपुर । शुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले दिन प्रतिदिन जङ्गे शैलीमा आफ्नो रवैया देखाउन थालेका छन् । विश्वविद्यालयमा कहिले रातारात शिक्षक तथा कर्मचारी नियुक्त गरेर भने कहिले आन्दोलित विद्यार्थीहरुले लगाएको ताला तोडेर भने कहिले विश्वविद्यालयका आफ्नै सहकर्मी प्राध्यापकमाथि प्रतिशोधको भावनाले अभद्र व्यवहार गरेर, आफ्नो रबैया कायम राखेका छन् । शनिबारको नेपाल समाचारपत्र दैनिकमा मनोज भट्टले महेन्द्रनगरबाट समाचार लेखेका छन । 

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ गठन गर्नका लागि १९ पुस मा यज्ञराज पाठक नेतृत्वको तदर्थ समितिका पदाधिकारिलाई विहिवार प्रिन्सिपल बिष्टले दुव्र्यवहार गर्ने प्रयास गरेका छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पाठक नेतृत्वको तदर्थ समितिले विधिवत रुपमा कार्यालय स्थापना गर्न खोज्दा प्रिन्सिपल बिष्टले हातपात समेत गर्ने प्रयास गरेका छन् ।

तदर्थ समितिले यहि माघमा सुदूर पश्चिमाञ्चल प्राध्यापक संघ गठन गर्ने छ । जस प्राध्यापक संघले विश्वविद्यालयमा भइरहेका अराजक तथा अनैतिक, अवैधानिक र विद्यार्थी तथा प्राध्यापकका हक हितका पक्षमा वकालत गर्ने छ । आफुलाई उक्त पाठक नेतृत्वको तदर्थ समितिले दोषी देखाएको र प्रिन्सिपल पदको समेत राजिनामा माग गरेको हुँदा बिष्टले प्रतिशोधको भावनालाई बलमा परिणत गर्न खोजेका हुन् ।

विश्वविद्यालयलाई गति दिनका लागि निमार्ण गरिन लागेको प्राध्यापक संघ गठन गर्न नदिने हेतुले प्रिन्सिपल बिष्ट र उनका चाकर लागिपेको एकजना प्राध्यापकले बताए । विहिवार उक्त तदर्थ समितिको कार्यालय स्थापनाका लागि तयारी भइरहदा प्रिन्सिपल बिष्टले प्राध्यापकमाथि समेत अशिष्ट र अभद्र व्यवहार गरेको प्राध्यापक देवसिंह नाथले बताए ।

कार्यालय स्थापनाका लागि भन्दै तयार पारिएका ब्यानरलाई समेत प्रिन्सिपल बिष्टले च्यातेका हुन् । केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ विभागको एक कोठा खालि रहेको अवस्थामा उक्त तदर्थ समितिले केहि दिनका लागि कार्यालय राख्ने भन्दै तयारी गरिरहदा बिष्ट स्वयंले प्राध्यापकहरुलाई तथानाम गालि गर्दै टेबुल तथा कुर्सीहरु बाहिर फालेका हुन् ।

प्राध्यापकलाई तथानाम गालिगलैज गर्दै हातपात समेत गर्ने प्रयास गरेका थिए । ‘यो विश्वविद्यालयको प्रिन्सिपल म हु, मलाई नसोधी जे मनलाग्यो त्यहि गर्ने………..यो विश्वविद्यालय तपाईहरुका बाउ को हो…….’ भन्दै प्रिन्सिपल बिष्टले अशिष्ट र अभद्र व्यवहार गरेको उक्त समितिका सदस्य सचिव देवसिंह नाथले बताए ।

प्रिन्सिपल बिष्टले सबै प्राध्यापक एक भए पछि आफ्नो सबै कुराको पर्दाफास गर्ने र आफुलाई कमजोर बनाउने ठान्दै एक महिना यता आफ्नो रबैया देखाउन थालेका छन् ।

प्रकाशित मिति : January 19, 2019 at 8:45 am