कार्यकक्षमै सचिव कुट्ने मन्त्रीलार्इ कार्बाहीको माग गर्दै कर्मचारीले गरे ३ घण्टा पेन डाउन
४ माघ, जनकपुर । प्रदेश २ का सचिवलाई मन्त्रीले कुटपिट गरेकोमा कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीहरूले सचिव कुटिएकाेमा अाज प्रदेशका सबै सार्वजनिक कार्यालयमा तीन घन्टा पेन डाउन गरेर विराेध जनाएका छन् । सचिव कुट्ने मन्त्रीलार्इ कार्बाहीको माग गर्दै शुक्रबार सरकारी कार्यालयहरुले पेन डाउन गरी विरोध गरेका हुन् । एसरी कर्मचारीहरुले ३ घण्टासम्म पेन डाउन गरेर विरोध गरेपछि सेवाग्रही मर्कामा परेका छन् ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै कुटपिट गरेको र दोषीलाई कार्बाही नगरेको विरोधमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आह्वानमा कर्मचारीले आन्दोलन गरेका हुन्। शुक्रबार प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरुमा बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा पेन डाउन गरी बिरोध गरिएको हो।
प्रकाशित मिति : 17:58







