३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

राष्ट्रिय अनुसन्धान विभाग उदयपुर आजबाट आफ्नै भवनमा

–अश्विन खड्का

३ फागुन, उदपयुर । राष्ट्रिय अनुसन्धान विभाग उदयपुरले बिहीबारबाट आफ्नै भवनबाट काम सुरु गरेका छ । बिहीबार एक कार्यक्रमकाबीच विभागका प्रमुख दिलिप रेग्मीले गर्नुभयो । जिल्लामा आफ्नै कार्यालय नहुँदा अनुसन्धानका कर्मचारी जिल्ला प्रशासन कार्यालयमा बसेर काम गर्ने गरेका थिए ।

झण्डै एक करोड रुपैयाँ निर्माण भएको भवनको उद्घाटन कार्यक्रमाम पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल समेत उदपपुर पुग्नु भएको थियो । यसअघि आफ्नो कार्यालय भवन नहुँदा अनुसन्धानका कर्मचारीलाई काममा केही असहजता भएको थियो । भवनले काममा प्रभावकारीता र सहजता आउने उदयपुरका अनुसन्धान अधिकृत तिलक प्रसाईले बताउनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १५:३६