गैरकानुनी रुपमा विदेशमा लागनी गर्ने कुरा मान्य हुँदैनः प्रधानमन्त्री ओली
४ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी रुपमा विदेशमा लागनी गर्ने कुरा मान्य नहुने बताएका छन । शुक्रबार संसद बैठकमा प्रश्नोउत्तरको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले गैरकानुनी ढंगले विदेशमा लागनी गर्ने सरकारलाइ मान्य नहुने बताए ।
प्रधानमन्त्रीले वर्तमान सरकार शुसासन र विकासका निम्ति प्रतिबद्ध रहेको भन्दै भ्रष्टाचारको उल्मूलन र पारदर्शिताका निम्ति सरकार प्रतिबद्ध रहेको बताए । नेकपाका सांसद खगराज अधिकारीको प्रश्नको जवाफ दिँदै ओलीले नेपाल लिक्सले सार्वजनिक गरेका तथ्यका विषयमा सरकारले अवश्य खोजतलास गर्ने जानकारी गराउँदै उनले तथ्य बमोजिम कानुन अनुसार कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उलने भने ‘देशलाई घाटा पार्ने कुरासँग कुनै प्रकार सहिष्णुता हुँदैन, छानबिनपछि नै यथार्थता थाहा हुन्छ ।’ खोज पत्रकारिता केन्द्र (खोपके) को टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आइसिआईजे) सँगको सहकार्यमा गैरकानुनी रुपमा आर्जित सम्पत्ति ठूलो परिमाणमा वैदेशिक लगानीका रुपमा नेपालमा भित्रिने गरेको खुलासा गरेको थियो।
सुन्नुहोस प्रधानमन्त्रीको जवाफ
प्रकाशित मिति : 13:14









