दोलखाको तामाकोशी गाउँपालिकामा जन्ती बोकेको बस भीरबाट खस्यो, विस्तृत विवरण आउँदै
४ माघ, काठमाडाैँ । दोलखाको तामाकोशी गाउँपालिकामा जन्ती बोकेको बस भीरबाट खसेको छ । दोलखाको तामाकोशी गाउँपालिका ४ मालु बाउण्डीमा जन्ति बोकेको बस भीरबाट खसेको हो । दुर्घटनास्थलमा प्रहरी पुग्दै छ । दुर्घटनाको विस्तृत विवरण आउँदै छ । पवन फूयाँलले दुर्घटना पुष्टि हुनेगरी ट्वीट गरेका छन ।

एकाबिहानै दुखद खवर आयो !?
तामाकोशी गाउँपालिका ४ मालु बाउण्डी स्थित जन्ति बोकेको बस दुर्घटनामा परेको छ !
कुमुदराज योगी, कुबेर पोखरेल लगायत केहिको अवस्था गम्भीर (घाइते) अन्यको प्राथमिक उपचार हुँदै । — feeling sad— Pawan Raj Phuyal (@phuyalpawan) January 18, 2019
प्रकाशित मिति : 08:07









