२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सुशीला कार्की लगायतको अनुरोधमा डा केसी त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना

४ माघ, काठमाडौँ । अनशनका लागि इलाम पुगेका चिकित्सक गोविन्द केसी अनशनको नवौँ दिन झापा हुँदै काठमाडौँ फर्केका छन । स्वास्थ्यमा समस्या आएपछि केसी त्रिवि शिक्षण अस्पताल फर्केका हुन ।

स्वास्थ्यमा खराबी आएपछि उनलाइ चिकित्सकहरूले काठमाडौँ आउन सझाव दिएका थिए । बिहीबार साँझ इलाममै पुगेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना र चिकित्सा शिक्षा उच्चस्तरीय सुझाव आयोगका अध्यक्ष केदारभक्त माथेमाले केसीलाइ काठमाडौँ जान अनुरोध गरेका थिए । उनीहरूले जीवन रक्षा पहिलो प्राथमिकता भएको बताएका थिए ।

बिहानको राति नेपाली सेनाको हेलिकप्टरमा झापाको भद्रपुरबाट केसीलाइ काठमाडौँ ल्याइएको हो । अनशनको १६औँ श्रृंखला नाम दिइएको केसीको अनशनको समर्थनमा काठमाडौँमा प्रदर्शन समेत सरू भएको छ ।

प्रकाशित मिति : 07:56