२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

सान्भि इनर्जीको कतिमा भयो पहिलो कारोबार ?

४ साउन, काठमाडाैं । सान्भि इनर्जीकाे पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३५९ रुपैयाँमा पहिलो कारोबार भएको हो।

साउन १ गते बिहीबार  कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५० लाख १० हजार कित्ता सेयर गरी कुल ८८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। साेही रेञ्जकाे आधारमा कम्पनीको पहिलो कारोबार भएको हो ।

प्रकाशित मिति : July 20, 2025 at 10:59 am