७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

कुवेत पठाइदिन्छु भनी १ लाख ५३ हजार ठगी गर्ने सन्तोष पक्राउ

२ साउन, काठमाडाैं । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–८ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ४२ वर्षका सन्तोष सुनुवार रहेका छन्।

बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै उनले १ लाख ५३ हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।

 उनीमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : July 18, 2025 at 5:58 pm