२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

डा गोविन्द केसीसँगै विजय थापालाई पनि हेलिकप्टरमा काठमाडौँ ल्याइदै, दुबैले छाडे इलाम

३ माघ, झापा । डा गोविन्द केसी र विजय थापा दुबै अनशनकारीलाई एउटै हेलिकप्टरमा काठमाडौँ ल्याउने तयारी भएको छ । दुबैलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाठाैँ ल्याउन लागिएको हो । केसीले चिकित्सा शिक्षा विधेयकको बिरोधमा इलाममा अनशन सुरू गरेपछि थापाले पनि इलाममै गएर विधेयकको पक्षमा अनशन सुरू गरेका थिए । केसी र थापा दुबैको स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि काठमाडाैँ ल्याउन लागिएको हो ।

सरकारले दुबै अनशनकारीको जीवन रक्षाका लागि भन्दै काठमाडाैँ ल्याउन लागेको हो । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै  अाएका केसीलाई काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापाले अनसनबाटै चुनाैति दिएका छन ।

 

प्रकाशित मिति : 00:25