जापान पठाइदिने भन्दै ग्लोवल बैंक मार्फत पैसा उठाएर वुटवलका गुरुप्रसाद चालिसे फरार, २६ जना पीडित
३ माघ, काठमाडाैँ । वुटवलका गुरुप्रसाद चालिसे २६ जना ठगेर फरार भएका छन । जापान पठाइदिन्छु भन्दै सुर्खेतको २६ जना ब्यक्तिहरुसँग प्रति ब्यक्ति १ लाखका दरले २६ लाख रुपैयाँ उठाएर चालिसे फरार भएका हुन । उनले ग्लोवल आईएमई बैंक मार्फत पैसा संलकन गरेर युवाहरूलाइ ठगेका हुन ।

पीडित मध्येका बिरेन्द्रनगर १३, सुर्खेतका हरि बहादुर गाहाले वैदेशिक रोजगार बिभाग, बुद्धनगर काठमाडौंमा जाहेरी दिएपछि चालिसेको ठगी धन्दाको पर्दाफास भएको छ । गाहाको जाहेरीपछि वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी अायुक्तको कार्यालय रानीपोखरी काठमाडाैँ र जिल्ला प्रहरी कार्यालय बुटवललाई चालिसेलाई पक्राउ गरी उपस्थित गराइदिन अाग्रहसहितको पत्र लेखेको छ । पीडितहरूले पैसा फिर्ता माग्दा चालिसेले उल्टै धम्काउने गरेको पीडितहरूले बताएका छन ।
प्रकाशित मिति : 22:36









