अनशनका लागि इलाम पुगेका डा गोविन्द केसी सिकिस्त, हेलिकप्टरबाट काठमाडौँ ल्याइदै
३ माघ, काठमाडाैँ । अनशन बस्न इलाम पुगेका डा गोविन्द केसी सिकिस्त भएपछि काठमाडाैँ ल्याउन लागिएको छ । केसीका अनशनका सहयोगी डा अभिशेक सिंहले उनलाइ हेलिकप्टरबाट काठमाडाैँ ल्याउन लागिएको बताएका छन । उनले इलामबाट झापासम्म गाडीमा र त्यसपछि हेलिकप्टरमा काठमाडाैँ ल्याउने तयारी भएको बताएका छन ।

अनशनको नवौं दिनमा आइपुग्दा अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा. केसीलाई चाँडो भन्दा चाँडो काठमाडौं लैजान सुझाव दिएको थियो ।
केसीका सहयोगी अभिशेक सिंहले ट्वीटरमा यस्तो लेखेका छन ।
डा केसीको अवस्था एकदमै नाजुक भयकाले उहालाई इलामबाट काठमाडौ ल्याउने निर्नय लियौ।
इलामबाट सडक रुटमार्फत भद्रपुर र त्याहाबाट हावाइ रुटमार्फत काठमाडौ ।— Abhishek Raj Singh (@seeuabhishek) January 17, 2019
प्रकाशित मिति : 22:02









