२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

३८ क्वीन्टल सुन तस्करी प्रकरणः एसएसपी श्याम खत्रीलाई थुनामै राख्न उच्च अदालतको आदेश

३ माघ, विराटनगर । उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न आज आदेश दिएको छ । उच्च अदालतमा मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो ।

खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चूडामणि उप्रेती (गोरे)को समूहले दुबईबाट भित्र्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ । यसैगरी डङ्गोलले भने विमानस्थलमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो ।

जिल्ला अदालत मोरङले डङ्गोललाई गत विसं २०७५ जेठ ८ गते र विसं २०७५ खत्रीलाई जेठ २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : 21:43