सर्वोच्चबाट गलहत्याइएका जोशीले जारी गरेको अन्तरिम आदेश पनि खारेज, विनोद चाैधरी ट्वाँ
३ माघ, काठमाडाैँ । सर्वोच्चबाट गलहत्याइएका प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशीले जारी गरेको अन्तरिम आदेश प्रधानन्यायाधीश समेतको संयुक्त इजलाशले खारेज गरिदिएको छ । विवादास्पद छवीका जोशीले सर्वोच्च अदालतबाट सिजी टेलिकमको पक्षमा १० पुसमा अन्तरिम आदेश जारी गरेका थिए ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलालसले यसअघिको आदेश त्रुटिपूर्ण भएको भन्दै खारेज गरेको हो । विवादस्पद न्यायाधीश दिपकराज जोशीको एकल इजलासले पुस १० गते विनोद चौधरी स्वामित्वको सिजी कम्युनिकेशन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदादन गर्न नेपाल दूरसञ्चार र प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो ।

उक्त अन्तरिम आदेशविरुद्ध प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल भ्याकेटमा गएपछि सर्वोच्चले अन्तरिम आदेश खारेज गरिदिएको हो । सिजी टेलिकमले पूर्वान्चल विकास क्षेत्रमा दुरसञ्चार सेवा नपुगको १६ जिल्लामा सेवा सन्चालन गर्न २०६० सालमा ग्रामिण दूरसञ्चारको अनुमति लिएको थियो । उक्त अनुमतिपत्र अनुसार सिजी टेलिकमले काम नगरेको प्राधिकरणले बताएको छ । सिजी टेलिकमको पक्षमा जारी भएको आदेश खारेज भएपछि विनोद चाैधरी भने ट्वाँ परेका छन ।
प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार २०:१३












