८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

अपर हेवाखोला हाईड्रोपावरको लकइन अवधि आजबाट समाप्त हुँदै

३१ असार, काठमाडाैं। अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त हुने भएको छ । कम्पनीको कुल ३५ लाख कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।

हाल यस कम्पनीको संस्थापक सेयरधनीको ३० लाख कित्ता, कम्पनीका कर्मचारीको ३० हजार कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको ५ लाख कित्ता सेयर लकइनमा रहेको छ।

लकइन अवधि सकिएपछि यी सेयरहरू कारोबार गर्न सकिनेछ। तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : July 15, 2025 at 12:08 pm