२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

३८ क्वीन्टल सुन तस्करी प्रकरणः अभियुक्तलाई छाड्ने पाँच न्यायाधीश कारबाहीमा

३ माघ, काठमाडाैँ ।  ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा अभियुक्तलाई छाड्ने फैसला गलत नियतका साथ भएको भन्दै पाँच न्यायाधिश कारबाहीमा परेका छन् । न्यायपरिषद्ले गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका ती न्यायाधिश विभागिय कारबाही गरेको हो । पाँचै जना न्यायाधिशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।

पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । ३८ क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल कारबाहीमा परेका हुन् । ठुलो संख्यामा उच्च अदालतका न्यायाधीशहरुका एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो ।

प्रकाशित मिति : 19:37