२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सोवितालाई सुनिताको जवाफः भाषाको ज्ञान सिकाउन तयार छौं

२५ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिंदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै बरालले यस्तो बताउनुभएको हो ।

प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाउनुभएको थियो  ।

उहाँको बोले लगत्तै बोल्ने क्रममा सांसद बरालले भन्नुभयो ‘तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित हुँदैन । राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ ।’

उहाँले भन्नुभयो, ‘पटक–पटक टिप्पणी गरिएका माननीयलाई म प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईंलाई सिकाउन हामी तयार छौं । तर, बोल्दा हेक्का राखेर बोल्न म चुनौती पनि दिन चाहन्छु ।’ साथै, उहाँले संसद् अफवाह फैलाउने र गलत कुराको टिप्पणी गर्ने ठाउँ नभएको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको बताएकी थिइन् ।

प्रकाशित मिति : 15:01