२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक

२५ असार, काठमाडाैं ।  प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ ।आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।

नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो । कांग्रेसकाे असहमतिपछि कार्यसूचीबाट उक्त विधेयक हटाइएको हाे ।

प्रकाशित मिति : 14:30