१२ वर्षीया बालिका बलात्कार गर्ने नुवाकोटका दलबहादुर थापा पक्राउ
२ माघ, बाजुरा । १२ वर्षीया बालिका बलात्कार गर्ने नुवाकोटका दलबहादुर थापा पक्राउ परेका छन् । बाजुराको बूढीगङ्गा नगरपालिका–८ की १२ वर्षीया बालिका बलात्कार गरेकाे अभियोगमा नुवाकोटका ४७ वर्षीय दलबहादुर थापा पक्राउ परेका हुन् ।

गोठमा भैँसीलाई पानी खुवाउन गएका बेलामा थापाले बालिकालाई बलात्कार गरेका प्रहरीले जनाएको छ। बालिकाकी आमाले दिएको उजुरीको आधारा प्रहरीले थापालाई पक्राउ गरेको हो। थापालाई हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।
प्रकाशित मिति : January 16, 2019 at 12:08 pm







