११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

१६ असार, फुङ्लिङ । ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ । रिड नेपाल नामक सस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, कञ्चनजङ्घा आधारभूत विद्यालयकी कविता लिम्बू पुरस्कृत भएका छन् ।

पुरस्कृत व्यक्तित्व र संस्थालाई जनही रु पाँच हजारदेखि ४५ हजारसम्म नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । कार्यक्रम फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा , शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई लगायतले सम्मानले शैक्षिक उन्ननयमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : June 30, 2025 at 10:40 am