दुई प्रहरीले मिलेर कुट्दा बागलुङका सोमबहादुर बस्नेतकाे पिसाब नली फुट्यो
२ माघ, बागलुङ। दुई प्रहरीले मिलेर कुट्दा बागलुङका सोमबहादुर बस्नेतकाे पिसब नली फुटेको छ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे बस्नेत गम्भीर घाइते भएका हुन । उनको पिसाब नली फुटेको छ ।

घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखराको फेवासिटी अस्पतालको आईसीयूमा राखेर उपचार गरिरहेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ । सामान्य विवादमा प्रहरीले निर्घात कुटपिट गरेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । उनले घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेकी छिन ।
प्रकाशित मिति : 09:10









