१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

गोरू जुधाएर पर्यटन प्रवर्द्धन गर्न सकिन्छः कृषिमन्त्री खनाल

२ माघ, काठमाडाैँ । कृषिमन्त्री चक्रपाणि खनालले पर्यटन प्रवर्द्धनका लागि गोरुजुधाई कार्यक्रम  महत्वपूर्ण पक्ष भएको बताएका छन् ।धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टे–फ्याक्सेमा माघेक्रान्तिको अवसरमा आयोजित पाँचौ गोरुजुधाई कार्यक्रममा मन्त्री खनालले गोरु जुधाई कार्यक्रमलाई पर्यटनका विभिन्न विधामा जोडेर अघि बढाइनु सान्दर्भिक हुने बताए ।

उनले कतिपयले पशु जुधाएर मनोरञ्जन लिनु गलत भनेपनि आफूलाई त्यस्तो नलाग्ने भन्दै यस्ता संस्कृतिले विगत सम्झन र आर्थिक विकास गर्नका लागि ढोका खोल्ने धारणा राखे । नेपालको समृद्धि र विकास नै सरकारको लक्ष्य भएको भन्दै खनालले यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकास र स्थानीयको आर्थिकस्तर सुधारमै महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

प्रकाशित मिति : January 16, 2019 at 9:00 am