१० माघ २०८२, शनिबार | Sat Jan 24 2026

हुम्लाको सिमकोटमा केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिन्छः प्रधानमन्त्री

१३ असार, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटमा केही दिनमै राष्ट्रिय सडक सञ्जाल पुग्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा त्यसबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले हुम्लामा सडक सञ्जाल पुर्‍याउने दशकौँ पुरानो सपना पूरा हुन लागेको बताउनुभएको हो ।

“हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ, हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ, यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिनेछ”, उहाँले भन्नुभएको छ । प्रधानमन्त्री ओलीले २६ वर्षको प्रतीक्षापछि हुम्लामा सडक सञ्जाल पुग्न लागेको समेत उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १२:०२