९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

एलआईसी नेपालले बाेलायाे साधारण सभा, बुक क्लोज कहिले ?

५ असार, काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा बाेलाएकाे  छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ३० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा २३ औं वार्षिक साधारण सभा बाेलाएकाे हो ।

सभा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा सेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१६७९० नगद लाभांश पारित गरिनेछ । यस्तै बोनस सेयर जारीपश्चात कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साथै, सभामा गत आर्थिक वर्षकाे वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षकाे वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनी समूह ख बाट १ जना सञ्चालकको निर्वाचन गर्ने र संस्थापक सेयरधनी समूहबाट नियुक्त सञ्चालकहरुको नियुक्तीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरू सभामा पारित गरिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले आगामी असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : June 19, 2025 at 9:41 am