३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

नेप्सेमा झिनो अंकको गिरावट, १५९ कम्पनीको सेयर मूल्य घट्यो

४ असार, काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधबार नेप्सेमा झिनाे अंककाे गिरावट आएको छ। यस दिन नेप्से १.०७ अंकले घटेर २६५३.६८ को बिन्दुमा बन्द भएको छ । यस दिन ८८ कम्पनीको सेयर मूल्य बढेको छ, १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । यस दिन पियोर इनर्जी र जोशि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो । कर्पोरेट विकास बैंकका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १५:२४