रोटरी पुरस्कार पत्रकार डा विष्ट र अधिकारीलाई
३० पुस, काठमाडाैँ । यो वर्षको ‘रोटरी भोकेसनल अवार्ड’ नेपाल टेलिभिजनका अध्यक्ष डा मेहन्द्र विष्ट र दृष्टिविहिन अधिकारकर्मी वासुदेव अधिकारीलाई प्रदान गरिएको छ ।
पेशागत नैतिकतालाई कायम गर्दै आफ्नो क्षेत्रमा सक्रिय व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले अध्यक्ष डा विष्ट र ब्राइट स्टार सोसाइटीका अध्यक्ष अधिकारीलाई सो पुरस्कार प्रदान गरिएको हो । रोटरी क्लब अफ पाटनद्वारा यहाँ आज आयोजित कार्यक्रममा क्लबका अध्यक्ष ग्यावरियल मल्ल पति र पूर्वअध्यक्ष डा प्रकाशराज रेग्मीले जनही रु ११ हजार राशीको सो पुरस्कार प्रदान गर्नुभयो ।

सन् १९८५ मा स्थापना भएको सो क्लबले नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानी, विपत् जोखिम र गरीबी उन्मूलको क्षेत्रमा काम गर्दै आएको छ
प्रकाशित मिति : January 14, 2019 at 9:15 pm









