१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

एक किलो सुनसहित न्युरोडबाट तीन महिला पक्राउ, प्रहरीले किन लुकायो पहिचान ?

३० पुस, काठमाडाैँ । प्रहरीले एक किलो सुनसहित न्युरोडबाट तीन महिला पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडाैँ महानगरपालिकाको न्युरोड गेटबाट एककिलो अवैध सुनसहित तीनजना महिलालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रमुख एसएसपी वसन्त लामाले महिलाहरू सुनसहित पक्राउ परेको पुष्टि गरे । उनले थप अनुसन्धान भैरहेको भन्दै महिलाहरूको पहिचान भने खोल्न चाहेनन् । पक्राउ परेका तीनै जनालाइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : January 14, 2019 at 8:13 pm