९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक

३ असार, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ । नगरप्रमुख डा दिपेन्द्र महतोसँगको विवादपछि उहाँलाई आज कार्यालय प्रवेशमा रोक लगाइएको हो ।

 अहिले उहाँ कार्यालयको गेटमै रोकिएको र नगर प्रहरीले गेटको ताला नखोलेको भिडिओ सार्वजनिक भएको छ।

प्रकाशित मिति : June 17, 2025 at 2:48 pm