गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक
३ असार, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ । नगरप्रमुख डा दिपेन्द्र महतोसँगको विवादपछि उहाँलाई आज कार्यालय प्रवेशमा रोक लगाइएको हो ।
अहिले उहाँ कार्यालयको गेटमै रोकिएको र नगर प्रहरीले गेटको ताला नखोलेको भिडिओ सार्वजनिक भएको छ।
प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १४:४८