३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

एक इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

३ जेठ, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले २०८१ माघ १७ गतेसम्म कायम सेयरधनीहरुलाई निष्कासन गरेको चुक्तापूँजीको २५ प्रतिशत हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

माघ १७ गतेसम्म आफ्नो भौतिक सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई उक्त हकप्रद सेयर हितग्राही खातामा नै जम्मा गरिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीको सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट स्वीकृत वा फुकुवापत्र लिई पेश गरे पश्चात मात्र उक्त सेयर खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ०९:११