३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

नेप्सेमा १५ लाख कित्ता बोनस सेयर सूचीकृत

२ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ७.५ प्रतिशत बोनस बापतकाे १५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार १६:३८