३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ को विन्दुमा बन्द भएको हो ।

सेयर बजारमा सुधार आउँदा यस दिन सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९५ करोड १६ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको ९० करोड ३१ लाख ७१ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख ९४ हजार रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ५७ करोड ७४ लाख ७६ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ५४ करोड ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 16, 2025 at 3:23 pm