३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने नुवाकोटकी चन्द्र कुमारी पक्राउ

३० जेठ, काठमाडौं । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका वडा नं.१० घर भइ हाल काठमाडौं महानगरपालिका नं.१४ बस्ने ४६ वर्षकी चन्द्र कुमारी तामाङ रहेकी छिन् ।

क्रोएसिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई जेठ २९ गते बिहीबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताउनुभयो । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार ११:४२