३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा नुवाकोटका अर्जुन पक्राउ

३० जेठ, काठमाडौं । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं. ६ स्थायी घर भई काठमाडौंको नक्सालमा बस्ने अर्जुन दाहाल रहेका छन् ।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालत बबरमहलबाट जेठ २८ गते पक्राउ गर्न अनुमति दिएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो । उनलाई ५६ लाख ९६ हजार ५ सय ९६ रूपैयाँ बिगो दावी गरिएको छ । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसस भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचका अधिकारी तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार १०:२७