३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि १४५७ ले गरे मतदान, नतिजा केही समयमै

२९ जेठ, काटमाडौँ । नेकपा (एमाले)को जनवर्गीय संगठन (अनेरास्ववियु)को २४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि १४५७ प्रतिनिधिले  मतदान गरेका छन । नयाँ नेतृत्वका लागि अध्यक्षका प्रकाश पाैडेल र सुजन कडरिया प्रतिस्पर्धा गर्नुभएको छ । १५३४ प्रतिनिधि मध्ये १४५७ ले मतदान गरेका छन । मतगणना केहीबेरमा सुरू हुने र लगत्तै मतपरिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । 

१५१ पदका लागि अनेरास्ववियुमा ५ सय भन्दा बढी उम्मेदवार रहेका छन । महाधिवेशनमा दुई उपाध्यक्षका लागि नाै जनाले उम्मेदवारी दिएका छन । जसमा खुल्ला उपाध्यक्षमा भरत धामी, राजकुमार ढकाल, धमेन्द्र केसी, विकास श्रेष्ठ र रोहित बम प्रतिस्पर्धामा छन । त्यस्तै महिला उपाध्यक्षमा आरती भट्टराई, अञ्जना सिवाकोटी, सुजिता धिताल र भवानी बजगाईँ प्रतिस्पर्धामा छन ।

महसचिवको एक पदका लागि तीनजना प्रतिस्पर्रामा छन जसमा आरके रोमस, दीपक धामी र सुनिल कँडेल रहेका छन । धामी अध्यक्षको दाबी छाडेर सुजनको प्यानलमा होमिएका हुन । यस्तै उपमहासचिवमा कमल जोशी, अमर शाही र प्रेमिका शाही प्रतिस्पर्धामा छन ।

सचिवमा रक्षा बम, मदन भण्डारी, राजेश ओली, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना लगायत ४३ जनाको उम्मेदवारी परेको छ । ४३ जनाबाट ४ जनामात्र निर्वाचित हुनेछन । १८ पदमा भने सर्वसम्मत भएको छ ।  

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार २१:३२