नेप्सेमा एक इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन
२९ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा कम्पनीको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हाे । समायोजन पश्चात कम्पनीको मूल्य ६०६.६५ रुपैयाँ कायम भएको छ । योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार हुनेछ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १७:५८