प्रतिनिधिसभाको बैठक सर्यो
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक दलहरूबीच सहमति नहुँदा ५ः३० बजेसम्मलाई सरेको संसद् सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गर्दै आइरहेका छन्।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १७:१७









