रास्वपाले सोध्यो सुदूरपश्चिम सभापतिलाई स्पष्टीकरण
२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासनविरूद्ध गतिविधि गरेको भन्दै विष्टलाई रास्वपा अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो।
विष्टको गतिविधि छानबिनकै क्रममा रहेको र यस विषयमा धेरै बोल्न नमिल्ने अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिजालले बताउनुभयो ।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १४:०२