३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

काठमाडौं महानगरका पूर्वप्रशासकीय अधिकृत प्रदीप परियारविरूद्ध भ्रष्टाचार मुद्दा दायर

२८ जेठ, काठमाडाैं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको हाे।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्टाचार गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) परियारसमेत ७ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो। उनीहरूसँग ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी भएको छ।

परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरूद्ध मुद्दा दायर भएकाे हाे ।

प्रकाशित मिति : June 11, 2025 at 4:26 pm