१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

दुई दिनको वृद्धिपछि पुनः घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

२८ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.६९ अंकले घटे २६६४.४७ को विन्दुमा बन्द भएको छ। पछिल्लो दुई कारोबारकाे दिन बढेकाे बजार यस दिन भने घटेर बन्द भएकाे छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।   बुटवल पावर कम्पनी, पियोर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो ।  सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १५:२९