तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२८ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.२८ अंकले घटे २६६४.८८ को विन्दुमा बन्द भएको छ।
यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, पियोर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो । यी तीनै कम्पनीको सेयर मूल्य यस दिन ९.९९ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १५:१४