११ असार २०८२, बुधबार | Wed Jun 25 2025

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२८ जेठ, काठमाडौं । सरकारले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुने र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुने नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ जानकारी दिनुभयो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १४:१४