झापामा रक्सी मिसाएको कोक खुवाएर बालिकामाथि सामूहिक बलात्कार, अर्की बालिका भाग्न सफल
२९ पुस, काठमाडौं । झापामा रक्सी मिसाएको कोक खुवाएर बालिकामाथि सामूहिक बलात्कार भएको छ । १५ वर्षीय बालिकालाइ कोकमा रक्सी मिसाएर खुवाइ बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न झापाकै भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया घरबहादुर लिम्बु पक्राउ गरेका छन ।

अर्का २४ वर्षीय राजेश राजवंशी फारर रहेका छन । लिम्बु र राजवंशीले भद्रपुर–४, भगवती टोलमा रहेको चिया बगान छेऊमा रहेको खाली चौरमा बालिकामाथि बलात्कार गरेका थिए । पुस २२ गते राति करिब ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बुलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । अर्की बालिका भनेर भागेर बच्न सफल भएकी थिइन ।
प्रकाशित मिति : २९ पुष २०७५, आईतवार २१:२९












