९ असार २०८२, सोमबार | Mon Jun 23 2025

सान्भी इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

२७ जेठ, काठमाडाैं । सान्भी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ। यतिबेला कम्पनीको आईपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ सान्भी इनर्जी लिमिटेड । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । पहिलो कारोबारका लागि सान्भी इजर्नीको आईपीओले न्युनतम १२० रुपैयाँ ७४ पैसादेखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १२०.७४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १७:५६